कला


शालिनी पाण्डेका साथ बलिउड डेब्यू गर्दै आमिर खानका छोरा जुनैद

शालिनी पाण्डेका साथ बलिउड डेब्यू गर्दै आमिर खानका छोरा जुनैद

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १२:२५,

सुपरस्टार अभिनेता आमिर खानका छोरा जुनैद खान यतिबेला बलिउड प्रवेशको प्रतीक्षामा छन्।

केही समयदेखि रंगमञ्चमा काम गर्दै आएका जुनैद बलिउड प्रवेश गर्न लागेका हुन्।  भारतीय सञ्चारमाध्यममा आएको खबरअनुसार जुनैद दक्षिण भारतीय सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’की अभिनेत्री शालिनी पाण्डेका साथ बलिउड प्रवेश गर्न लागेका हुन्।

ईडी टाइम्सको रिपोर्टका अनुसार जुनैदले शालिनीसँग आफ्नो डेब्यू फिल्ममा स्क्रिन सेयर गर्नेछन्।

शालिनीले रणवीर सिंहको फिल्म ‘जयेश भाइ’बाट बलिउड प्रवेशको तयारीमा छिन्। यसपछि उनले यशराज फिल्मस्को नयाँ फिल्ममा पनि काम गर्ने पक्का भएको छ।

 जुनैद र शालिनीले अभिनय गर्ने फिल्मका नाम भने अहिलेसम्म तय भएको छैन्।

जुनैदले आफ्नो गामी फिल्मको लागि तयारी सुरु गरिसकेका छन्। उनले फिल्मलाई लिएर प्रशिक्षण पनि शुरु गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जुनैदको डेब्यू फिल्म हिस्टेरिकल ड्रामामा आधारित हुने बताइए पनि यसको बारेमा कुनै आधिकारिक घोषणा भने गरिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad