ad ad

कला


अक्षयको ‘बच्चन पाण्डे’मा ज्याक्लिनको इन्ट्री

अक्षयको ‘बच्चन पाण्डे’मा ज्याक्लिनको इन्ट्री

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १०:३४,

बलिउडका चलचित्रर्की साजिद नाडियाडवालाको एक्कस फिल्म ‘बच्चन पाण्डे’मा थप एक कलाकारको इन्ट्री भएको छ।

अक्षयकुमार, कृति सेसन अरसद वारिसपछि बच्चन पाण्डेमा ज्याक्लिन फर्नाडिजको इन्ट्री भएको हो। फिल्ममा अनुबन्ध भएपछि आफू एकदमै उत्साहित भएको ज्याक्लिनको प्रतिक्रिया छ।

ज्याक्लिनले यसबारे कुरा गर्दै भनिन्, ‘म साजिदका लागि हाउसफूलमा ‘धन्नाे’ गीतमा काम गरेकी थिएँ, त्यतिबेलैदेखि हाम्रो सम्बन्ध र मित्रता रहँदै आएको छ। म उहाँसँग फेरि काम गर्न पाउँदा उत्साहित छु। ‘बच्चन पाण्डे’ ‘जुडवा’ र ‘हाउसफूल’ सिरिजपछिको हाम्रो आठौं फिल्म हो।’

उनले आफू अक्षयसँग पुनर्मिलनको लागि उत्सुकतापूर्वक पर्खिरहेको र बच्चन पाण्डे फिल्मका क्रममा निकै रमाइलो गर्ने विश्वाससमेत व्यक्त गरेकी छन्। उनले आफू जनवरीमा सुरु हुने सुटिङको पर्खाइमा रहेको समेत बताएकी छन्।

उनले आफ्नो भूमिकाका विषयमा तत्काल धेरै बताउन नचाहेको भन्दै यो यसअघिका भूमिकाभन्दा विल्कुल फरक रहेको बताएकी छन्।

यसका अलावा ज्याक्लिन सलमान खानको ‘किक २’ मा पनि अनुबन्ध भएकी छन्।

बच्चन पाण्डे एक ग्यांगस्टारको कथामा आधारित फिल्म हो जो नायक बन्ने इच्छा राख्दछ। ग्यांगस्टारको भूमिकामा अक्षय छन् भने कृति यसमा पत्रकारको भूमिकामा देखा पर्दैछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .