कला


चर्चित भारतीय कमेडियन भारती सिंहको घरमा एनसीबीको छापा

चर्चित भारतीय कमेडियन भारती सिंहको घरमा एनसीबीको छापा

नेपालखबर
मंसिर ६, २०७७ शनिबार ८:५,

चर्चित भारतीय कमेडियन भारती सिंहको घरमा एनसीबीले छापा मारेको छ।

ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्युरोले कमेडियन सिंहको अन्धेरीस्थित घरमा छापा मारेको हो।

एनसीबीले लागूपदार्थ सेवन गर्ने जानकारी पाएपछि भारती सिंह र हर्ष लिम्बाचियाको घरमा छापा मारेको हो। स्रोतका अनुसार एनसीबीले भारतीको घरबाट छापा मार्दा शंकास्पद पदार्थ गाँजा भेट्टाएको छ।

एनसीबीले ड्रग्स प्रकरणमा धेरै स्टार कलाकारहरुलाई निशाना बनाएको छ। हालसालै अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथै उनीसँग सोधपुछ गरेको थियो।

 भारती सिंहको भारतकी चर्चित हास्यकलाकार हुन। हाल उनी कपिल शर्मा शोको एक हिस्सा हुन्।

भारतीको घरमा छापाको खबरले उनका प्रशंसकहरूलाई निराश बनाएको छ। भारतीमाथि एनसीबीको अबको कदम के हुन्छ भन्ने हेर्न बाँकी नै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad