कला


‘हन्टर’ को पोस्टरमा अरुण र प्रकाश आमनेसामने, असोज ९ मा रिलिज हुने

‘हन्टर’ को पोस्टरमा अरुण र प्रकाश आमनेसामने, असोज ९ मा रिलिज हुने

नेपालखबर
असार १२, २०८३ शुक्रबार १५:१७, काठमाडौँ

जीवन सिंहको लेखन तथा निर्देशन रहेको फिल्म ‘हन्टर’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै  आगामी असोज ९ गते देशभरका सिनेमाघरमा प्रदर्शन हुने जानकारी दिएको छ। यस फिल्मबाट सिंहले निर्देशनमा डेब्यु गर्दै छन्।

प्रदर्शन मितिसँगै सार्वजनिक गरिएको पोस्टरले चलचित्रको कथावस्तुबारे संकेत गरेको छ। ट्राइडेन्ट कन्सेप्टले तयार पारेको पोस्टरमा दुई मुख्य पात्रहरू अरुण क्षेत्री र प्रकाश शाहलाई आमनेसामने प्रस्तुत गरिएको छ। 

प्रकाशको आँखामा देखिने तीखो आक्रोश र अरुण क्षेत्रीको अनुहारमा झल्कने प्रतिशोधको भावले चलचित्रमा यी दुई पात्रबीच भीषण टक्कर हुने संकेत गर्छ। पोस्टरमा यो केवल सामान्य झगडा नभई एक-अर्कालाई सिध्याउने खेल अर्थात् ‘हन्टर’ र ‘सिकार’ बीचको लडाइँ भएको प्रस्ट्याउँछ ।

पोस्टरको तल्लो भागमा भने माथिल्लो भागको उग्रताभन्दा बिल्कुलै फरक दृश्य छ। जहाँ अभिनेता अरुण क्षेत्री र अभिनेत्री सुप्रज्ञा शर्मालाई शान्त र रोमान्टिक मुडमा देखाइएको छ।

फिल्मका लेखन तथा निर्देशक सिंहका अनुसार ‘हन्टर’ को कथा कुनै काल्पनिक संसारको नभई समाजकै वास्तविक पात्रहरूबाट प्रभावित भएर तयार पारिएको हो। 

ममता सिंह, गोविन्द राज र राज ए भट्ट निर्माता रहेको सिनेमाका सह-निर्माता मनिष चन्द, युना शाही र सन्तोष आस्ना पाल छन्। यो चलचित्रका कार्यकारी निर्माता रोयल भीमसेन (भीमसेन शाही) हुन्।

फिल्ममा अरुण, प्रकाश र सुप्रज्ञासहित गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्माल र लालबहादुर थापागायतको अभिनय रहेको छ।

दशैंको पूर्वसन्ध्यामा प्रदर्शन हुन लागेको यो फिल्म एक्सन र इमोसन जनरामा बनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad