कला


सम्बन्ध-विच्छेद भएकी पत्नीतर्फका छोराले ‘बिग बस’मा कुरा बिगारेपछि तनावमा गायक कुमार सानु (भिडिओ)

सम्बन्ध-विच्छेद भएकी पत्नीतर्फका छोराले ‘बिग बस’मा कुरा बिगारेपछि तनावमा गायक कुमार सानु (भिडिओ)

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार ३:४०,

आफ्ना छोराले ‘बिग बस’मा दिएको बयानका कारण भारतीय गायक कुमार सानु विवादमा तानिएका छन्।

उनका छोरा जानले मराठी भाषामा दिएको बयानका कारण उत्पन्न विवाद उनको परिवारसम्मै पुगेको हो।

केही दिनअघि जानले आफ्नो बयानका क्रममा आफ्ना पिता गायक कुमार सानु र उनकी पत्नी रीता भट्टाचार्यसँग माफी मागेका छन्।

यस्तै कुमार सानुले पनि एउटा भिडिओ जारी गर्दै आफूले छोरा कहिले बिग बसमा जाओस् भन्ने नचाहेको बताएका छन्। यस क्रममा गायक सानुले अघिल्लो भिडिओमा आफ्नी श्रीमतीलाई लगाएको आरोप पनि फिर्ता लिएका छन्।

यसअघि उनले आफ्नी पत्नीले दिएको गलत संस्कारकै कारण छोरा जानको बयान त्यस्तो भएको आरोप लगाएका थिए। यसपटकको भिडिओमा भने कुमार सानुले श्रीमतीको प्रशंसा गरेका छन्। अर्थात् पत्नीले छोरा जानलाई राम्रैसँग हुर्काएको बताएका हुन्।

साथै गायक सानु आफ्नो सम्बन्ध-विच्छेदबारे राहुलले दिएको बयानबारे पनि बोलेका छन्।

उनले भिडिओमा भनेका छन्, ‘जान मेरा छाेरा, उनी सामान्य जीवनमा निकै राम्रा लाग्छन्। सबैलाई सहयोग गर्छ। तर बिग बसमा उसले दबाबमा आएर केही भनिरहेको हुन्छ। उसको उमेर पनि सानै छ। उनकी आमाले उसलाई निकै राम्रो संस्कार दिएकी छन्। छोरा बिग बसमा जाओस् भन्ने मेरो चाहना थिएन। यसैकारण मैले उसलाई यसका लागि सहयोग गरिनँ। तर उसलाई मन लाग्यो, त्यसैले अडिसन दियो र सक्दो कोसिस पनि गर्‍याे।’

साथै गायक कुमार सानुले राहुल वैद्य राम्रो गायक भएको भनेर प्रशंसा गर्दै उनले आफूहरूको सम्बन्ध-विच्छेदको कुरा कोट्याउँदा निकै दुःख लागेको बताएका छन्।

उनले भनेका छन्, ‘आपसमा कुरा मिल्दैन भने अलग हुने कुरा निजी निर्णय हो। तर यो कुरा उनीहरूको बच्चाका अगाडि बारम्बार भन्नु सही होइन।’

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad