हास्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण भएको छ।
सोमबार राति फेसबुकमार्फत उनले आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
‘गत बिहीबार सामान्य टाउको दुख्यो। शुक्रबार ९८ डिग्रीको ज्वरो देखियो। शनिबार ढाडको दुखाइ महसुस गरें। त्यसपछि हिजो पीसीआर टेस्ट भयो,’ साेमबार राति उनले फेसबुकमा लेखेका छन्, ‘भर्खर मात्र कोभिड पोजिटिभ भनेर रिपोर्ट आएको हो।’
अगाडि उनले लेखेका छन्, ‘संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ।’
नमस्कार 🙏 भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड १९ 'पोजेटिभ' देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने...

प्रतिक्रिया