ad ad

समाज


एक संक्रमित भेटिएपछि चीनको काशगार शहरका ४७ लाखको कोरोना परीक्षण गरिँदै

एक संक्रमित भेटिएपछि चीनको काशगार शहरका ४७ लाखको कोरोना परीक्षण गरिँदै

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार २:३४,

चिनियाँ सरकारले फेरि एउटा शहरका पूरै मानिसमा कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ।

एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि काशगार शहरका करिब ४७ लाख मानिसको परीक्षण गर्न लागिएको स्थानीय अधिकारीहरुले बताएका छन्। अहिलेसम्म काशगार सहरमा लक्षण नदेखिएका १३८ सङ्क्रमित फेला परेका छन्।

सङ्क्रमणको दर घटाउन समग्रमा चीन सफल देखिएको छ। तर ससानो सङ्ख्यामा सङ्क्रमण फैलिने क्रम जारी छ।

एक जनामा संक्रमण पुष्टि भएपछि काशगार शहरका विद्यालय बन्द गराइएका छन् र परीक्षणमा निगेटिभ रिपोर्ट नआएसम्म त्यहाँका बासिन्दालाई शहर छोड्ने अनुमति दिइएको छैन।

शहरको बाहिरी भेगस्थित शुफु काउन्टीस्थित एउटा गार्मेन्ट कारखानामा काम गर्ने एक महिलामा पहिलो पटक लक्षणविनाको सङ्क्रमण देखिएको हो।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार नियमित परीक्षणका क्रममा ती महिलामा संक्रमण देखिएको हो। चिनियाँ मुख्य भूभागमा विगत १० दिनयता पहिलो पटक कोरोना संक्रमित फेला परेका हुन्।

त्यसपछि व्यापक स्तरमा शुरू गरिएको परीक्षणका क्रममा लक्षण नदेखिएका थप १ एक सय ३७ जना फेला परेका हुन्।

लक्षण नदेखिएका सङ्क्रमितहरूलाई चीनमा आधिकारिक रूपमा सङ्क्रमण पुष्टि गरिएको कुल सङ्ख्या ८५,८१० मा जोड्ने गरिएको छैन।
कोरोनाभाइरसबाट चीनमा अहिलेसम्म ४,६३४ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

आइतवार अपराह्णसम्म काशगार शहरका २८ लाख मानिसको परीक्षण गरिएको छ। बाँकीको दुई दिनभित्र परीक्षण सकिने अधिकारीहरूले बताएका छन्।

यसअघि अक्टोबर महिनाको शुरूतिर चिङ्गदाओ शहरका सबै ९० लाख मानिसको परीक्षण गरिएको थियो। एक करोड १० लाख जनसङ्ख्या रहेको वुहानमा गत मे महिनामा पहिलो पटक कोरोनाभाइरस देखिएको थियो। बिबिसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .