ad ad

खेल


आईपीएल: किंग्स इलेभेन पञ्जावको उत्कृष्ट पुनर्आगमन

आईपीएल: किंग्स इलेभेन पञ्जावको उत्कृष्ट पुनर्आगमन

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार ३:१८,

इन्डियन प्रिमियर लिगमा (आईपीएल) मा किंग्स इलेभेन पञ्जावले आफ्नो उत्कृष्ट पुनर्आगमन कायम राखेको छ।

सोमबार भएको खेलमा किंग्स इलेभेन पञ्जावले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले हरायो। यो जितपछि पञ्जाव १२ अंकका साथ लिगको चौथो स्थानमा उक्लिएको छ भने कोलकाता पाँचौं स्थानमा झरेको छ।

प्रतियोगितामा कमजोर सुरुआत लिएको पञ्जावले पछिल्लो समय राम्रो प्रदर्शन गर्न थालेको छ। सोमबारको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा नौ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो।

जवाफमा पञ्जावले १८.५ ओभरमा दुई विकेट गुमाएर १ सय ५० रन बनायो। पञ्जावका लागि प्रारम्भिक ब्याट्सम्यान मन्दीप सिंहले ६६ रन बनाए। उनी नटआउट रहे । उनले आठ चौका र दुई छक्का प्रहार गरे।

पञ्जावका लागि क्रिस गेलले ५१ रन बनाए। २९ बलमा उनले अर्धशतक बनाए। कोलकाताका लागि शुभमन गिलले सर्वाधिक ५७ रन बनाए। कोलकाताका इयोन गीलले ४० रन बनाउनुका अलवा अन्य ब्याट्सम्यान चलेनन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .