इको प्यानल नेपाल प्रालि चाँंगुनारायण २ भक्तपुरको ब्रान्ड एम्बेसडरमा सन्दीप क्षेत्री नियुक्त भएका छन्।
इटाको विकल्पका रुपमा भित्री तथा वाहिरी पार्टेसन वालको रुपमा प्रयोग हुने इको प्यनलको एम्बेसडरमा क्षेत्री नियुक्त भएका हुन्।
आफू इको प्यानलको एम्बेसडरमा नियुक्त हुन पाएकोमा क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी व्यक्त गरेका छन्।
क्षेत्रीले भूकम्पले ध्वस्त संरचना छिटो निर्माण सम्पन्न हुने निर्माण सामग्रीको रुपमा रहेको इको प्यानलको ब्राज्ड एम्बसेडर हुन पाएकोमा आफूलाई गर्व लागेको बताएका हुन्।
कारखानामा पहिला नै तयार पारिएको निर्माण सामग्री निर्माणस्थलमा जोड्दा मात्रै पुग्ने भएकोले इको प्यानलको प्रयोगबाट छिटो निर्माण सम्पन्न हुने भएको हो। इको प्यानल नेपालले आफनो उत्पादन निकट भविष्यमै गर्न लागेको जनाएको छ।
Shares
प्रतिक्रिया