आधुनिक गीत र गजल संगीतमार्फत आफ्नो परिचय स्थापित गर्न सफल गायक नितिन गजुरेलले आफ्नो नयाँ कोशेली ‘चुचाप बदलियो’ सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको यस गजल गीतमा गायक गजुरेलको मिठासपूर्ण गायकी सुन्न सकिन्छ। विशेष त गजल सुन्न मनपराउने स्रोतालाई लक्षित गरिएको गजल गीतमा शब्द र संगीत स्वयम् गायक नितिन गजुरेलको नै रहेको छ। यस गीतलाई भुपेन्द्र रायमाझीले संगीत संयोजन गरेका हुन्।
सन् ८० को दशकको झझल्को दिने म्युजिक भिडियोमा कलाकार श्रृष्टी खड्का र जीवन भट्टराई फिचर्ड छन्। काठमाडौँको राम मन्दिरमा छायांकन भएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन गरेका हुन्।
जया शर्माको कन्सेप्ट रहेको भिडियोलाई चर्चित भिडियो निर्देशक सुब्रत राज आचार्यको निर्देशन तयार पारिएको हो।
हेराैँ भिडियो
कात्तिक ६, २०७७, बिहीबार
प्रतिक्रिया