अभिनेत्री केकी अधिकारी र अभिनेता गौरव पहाडी अभिनित ‘जहाँ छोड्यौ तिम्ले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा स्वरूपराज आचार्यको स्वर रहेको छ भने शब्द एसएस गणेश र संगीत दिवान किनारको रहेको छ। गीतलाई संगीत संयोजन समेत संगीतकार किनारले नै गरेका हुन्।
भिडियोमा केकी र गौरवको उत्कृष्ट अभिनय देख्न सकिन्छ। यी दुईका अलवा कुमार बस्तोलाको पनि अभिनय भिडियोमा देख्न सकिन्छ। पशुपति म्युजिकले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन्।
भिडियोको उत्सव दाहालले छायांकन गरेका हुन भने सम्पादन निर्देशक कस्यपकै रहेको छ।
हेरौँ भिडियो
प्रतिक्रिया