नायक पल शाह र रियाशा दाहालको अभिनय रहेको ‘माछि भुल्यो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ। गीतमा गायक तथा सर्जक प्रवान जे र भारतीय गायीका दिपशिखाको स्वर रहेको छ।
नायक पल शाहको काँठे गीतमा अभिनय गरेको यो पहिलो पटक हो भने भारतीय गायीका दिपशिखाले पनि पहिलो पटक लोक दोहोरी गीतमा आफ्नो आवाज दिएकी हुन्। नेपालको ईतिहासमै भारतीय गायीकाले लोक दोहोरी गाएको यो नै पहिलो पटक हो।
क्लासिकल विधामा अब्बल रहेकी दिपशिखाले ७० भन्दा बढि गीत गाईसकेकी छन्। भारतको लखनउमा जन्मेकि उनी मुम्बईमा बस्दै आएकी छन्। उनले हाल सम्म १० भन्दा बढी नेपाली गीत गाईसकेकी छन्। उनले रेडियो नेपालमा समेत गीत रेकर्ड गराइसकेकी छन्।
भिडियोको निर्देशन प्रभावन जे, छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई, कास्टिङ निर्देशन राजाराम गौतम, करियोग्राफ सन्तोष राजवाहक, सम्पादन डिन्शन शाह, श्रृंगार सरिता प्रजापति, निर्माण व्यवस्थापक विवेक चौलागाई, निर्माण नियन्त्रक श्याम धितालको रहेको छ।
प्रभावन जे को शब्द रहेको गीतमा एरेन्ज जिवन वडुको रहेको छ। गीतको भिडियो डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया