समाज


यी हुन् निःशुल्क कोरोना उपचार पाउन पेश गर्नुपर्ने कागजातहरु

यी हुन् निःशुल्क कोरोना उपचार पाउन पेश गर्नुपर्ने कागजातहरु

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार १३:१६,

सरकारले निशुल्क कोरोना परीक्षण र उपचार पाउने लक्षित वर्गहरुको मापदण्ड तोकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषदको असोज १९ गतेको निर्णयानुसार अब मापदण्डमा परेका लक्षित वर्गको तोकिएका प्रमाणको आधारमा मात्रै निःशुल्क परीक्षण तथा उपचार हुने जनाएकोछ।

सरकारले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपांगता, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुको मात्रै निशुल्क उपचार हुने जनाएको छ।

निशुल्क उपचारका लागि सरकारले विपन्नका हकमा विपन्न नागरिक उपचार सम्बन्धी निर्देशिका अनुसार सिफारिस वा स्वयं घोषणामध्ये एक, अशक्तताको हकमा अशक्तताको प्रमाणपत्र, असहायको सिफारिस वा स्वयं घोषणा, एकल महिलाको प्रमाणपत्र वा स्वयं घोषणा, अपांगताको प्रमाणपत्र, जेष्ठ नागरिकको हकमा ७० वर्ष पुगेको र अग्रंक्तिमा खटिनेको हकमा सम्बन्धित कार्यालयको परिचय पत्र वा सिफारिस पत्र मागेको छ।

ni-sulka.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad