ad ad

समाज


कैलालीमा गस्ती गएका दुई प्रहरीमध्ये एकको शव नदीमा भेटियो, एक जना अझै बेपत्ता

कैलालीमा गस्ती गएका दुई प्रहरीमध्ये एकको शव नदीमा भेटियो, एक जना अझै बेपत्ता

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ५:२०,

कैलालीमा गस्तीमा गएका प्रहरीको शव नदीमा फेला परेको छ।

शनिबार राति मोटरसाइकलमा गस्ती गएका एक असई र एक जवानमध्ये एक जना मृत भेटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सूदुरपश्चिम प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहका अनुसार शनिबार राति असई गोविन्द बिक र जवान रामबहादुर साउद मोटरसाइकल गस्तीमा गएका थिए।

तीमध्ये एक जनाको शव मोहना नदीको बीचमा देखिएको हो। उक्त शव असई वा जवान कसको हो भन्ने भन्ने पत्ता लागिसकेको छैन। प्रहरीले अहिले शव निकाल्ने तयारी गरिरहेको छ।

दुईमध्ये एउको शव भेटिए पनि एक जना भने अझै बेपत्ता छन्।

अस्थायी प्रहरी पोस्ट जुगेडाबाट गस्तीमा गएको टोली सम्पर्कमा नआएपछि खोजतलास सुरु भएको थियो । विहान स्थानीयले नदीको बीचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .