हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ।
क्यान्सर रोगको उपचारको क्रममा आइतबार बिहान अमेरिकाको बाल्टिमोरमा उनको निधन भएको कलाकार शिवहरि पौडेलले जानकारी दिएका छन्।
सामाजिक सञ्चाल फेसबुकमा पौडेलले लेखेका छन्, ‘स्तव्धः आज ऐले भर्खरै मैले एउटा अमुल्य रत्न गुमाएँ ...उफ्फ...हे भगवान के गर्यौ यस्तो?ॐ नमः शिवाय। खेम बावु तिमी सधैँ नै मेरो मनमा थियौ र रहि रहन्छौ।’
पछिल्लो समय अमेरिकामा बस्दै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए। उनी टेलिफिल्म ‘चतुरेको दाउपेच’बाट चर्चामा आएका कलाकार हुन्।
उनले दर्जनौँ टेलिफिल्म र फिल्महरूमा काम गरेका छन्। शर्माले ‘चतुरेको दाउपेच’ नामक फिल्मसमेत निर्माण गरेका थिए।
285
Shares

प्रतिक्रिया