कर्नाटकाको तुमाकुरुस्थित प्रहरीले बलिउड कलाकार कंगना रनौतविरुद्ध एक मुद्दा दायर गरेको छ।
किसानका बारेमा गरेको कंगनाले लेखेको एउटा ट्विटले शान्ति सुव्यवस्थामा खलल पुर्याएको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ।
केहि दिनपहिले कर्नाटकको तुमाकुरुस्थित न्यायिक मजिस्ट्रेट अदालतले भारतीय अभिनेत्री कंगना रनौतविरुद्ध उजुरी (एफआरआई) दर्ता गर्न आदेश दिएको थियो।
अधिवक्ता रमेश नाइकको निवेदनअनुसार अभिनेत्री कंगनाविरुद्ध प्रहरीमा उजुरी दर्ताका लागि अदालतले आदेश दिएको हो।
उनले कृषकसम्बन्धी कानुनको विरोधमा उत्रेका कृषकविरुद्ध गलत ट्विट गरेको आरोप लगाउँदै सो मुद्दा दायर गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
याे पनि:
भारतीय अभिनेत्री कंगनाविरुद्ध उजुरी दर्ता गर्न अदालतको आदेश
Shares

प्रतिक्रिया