इण्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा २८ खेल सकिएको छ। सहभागी आठ टोलीले सात खेल खेलिसकेका छन्।
सोमबार राति लिगको २८ औं खेल शारजाहमा रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकता नाइड राइडर्स भिडे। सो खेल बैग्लोरले ८२ रनले आफ्नो पक्षमा पारेको छ।
लिगको २८ खेल सकिँदा ओरेन्ज क्याप किंग्स एलाभेन पञ्जावको कप्तान केल राहुलसँगै छ। पर्पल क्याप भने दिल्ली क्यापिटलको तिव्र गतिका बलर कागिसो रबाडाले राखेका छन्।
लिगको २८ खेल सकिदा सर्वाधिक रन बनाउने ५ खेलाडी
१. केएल राहुल (किग्सं एलाभेन पञ्जाव) ३८७
२. मयंक अग्रवाल (किग्सं एलाभेन पञ्जाव) ३३७
३. फाफ डु प्लेसिस (चेन्नइ सुपर किंग्स) ३०७
४. डेविड वार्नर (सनराइजर्स हैदरावाद) २७५
५. जोनी बेस्ट्रो (सनराइजर्स हैदरावाद) २५७
पर्पल क्यापको दौडमा रहेका ५ बलर
१. कागिसो रबाडा (दिल्ली क्यापिटल्स्) १७ विकेट
२. जसप्रित बुमराह (मुम्बइ इण्डियन्स) ११विकेट
३. ट्रेंट बोल्ड (मुम्बइ इण्डियन्स) ११ विकेट
४. रसिद खान (सनराइजर्स हैदरावाद) १० विकेट
५. युजवेन्द्र चहल (रोयल च्यालेन्जर्स बैग्लोर) १० विकेट
अंकतालिका
१. मुम्बइ इण्डियन्स् ५ जित, २ हार, १० अंक
२. दिल्ली क्यापिटल्स् ५ जित, २ हार, १० अंक
३. रोयल च्यालेन्जर्स बैग्लोर ५ जित, २ हार, १० अंक
४. कोलकता नाइड राइडर्स ४ जित, ३ हार ८ अंक
५. सनराईजर्स हैदरावाद ३ जित, ४ हार ६ अंक
६. राजस्थान रोयल्स ३ जित, ४ हार ६ अंक
७. चेन्नइ सुपर किंग्स २ जित, ५ हार ४ अंक
८. किग्स एलाभेन पञ्जाव १ जित, ६ हार २ अंक
Shares

प्रतिक्रिया