भ्रष्टाचार गरेको आरोपमा उनलाई जेल सजाय सुनाइएको एससीएमपीले जनाएको छ। उनलाई ४२ लाख युआन जरिवाना पनि तिर्न लगाइएको छ।
६९ वर्षका रेन जिहाइच्याले अदालतमा जमानतको अपिल नगर्ने बताइएको छ। रेनले सन् २००३ देखि २०१७ सम्ममा ४९ करोड ७४ लाख ४० हजार युआन सार्वजनिक कोषबाट हिनामिना गरेको अदालतको ठहर छ।
अदालतका अनुसार उनले आफूमाथि लागेका आरोप स्वीकार गरिसकेका छन्। रेन क्रान्तिकारी परिवारमा हुर्किएका थिए। उनी पनि पहिले चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य थिए।
सो क्रममा उनले पार्टीको नेतृत्वको विषयमा तिव्र आलोचना गरिरहन्थे। हालै मात्र उनले चीनको कोरोना भाइरसलाई नियन्त्रणमा लिने प्रयासको आलोचना गरेका थिए।
उनले कसैको नाम नलिई आफ्नो एक लेखमा सम्राट र जोकर भन्ने शब्द प्रयोग गरेका थिए। उनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई सांकेतिक रुपमा आलोचना गरेको बताइएको थियो। एजेन्सी
Shares

प्रतिक्रिया