ad ad

कला


डीभी छोडेर स्वदेशमै आर्मी बन्ने युवाको कथा बोकेको चलचित्र ‘रगत’ (भिडियो)

डीभी छोडेर स्वदेशमै आर्मी बन्ने युवाको कथा बोकेको चलचित्र ‘रगत’ (भिडियो)

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ९:३०,

हरेक वर्ष डिभी भरेर अमेरिका पुग्ने सपना देख्नेहरु धेरै छन्। तर एक युवा डीभी परेर पनि अमेरिका नगई देशको सेवा गर्न कसरी नेपाली सेनामा भर्ती हुन जान्छ भन्ने कथा बोकेको लघुचलचित्र रगत सार्वजनिक भएको छ।

सञ्चारकर्मी पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशनमा बनेको रगत नेपाली सेनाले गरेको लघु चलचित्र प्रतियोगिता २०७६ मा दोस्रो भएको छ। रगतमा नेपाली सेनाको महत्व र देशभक्ति देखाइएको छ।

रबि कार्की, मुना नेपाल, संगिता बस्याल, डिबी घिमिरे, शिवराज बस्नेत, अन्जु हमाल, राजु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको यो लघु चलचित्रलाई संकल भुजेलले खिचेका हुन्। कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन रहेको छ। विक्रम कार्कीले पाश्र्व संगीत भरेका छन्।

नेपाली सेनाले गरेको काम र नेपाली सेना प्रति आम नागरिकको सकारात्मक सोच बिकास गर्नका लागि डीभी परेर पनि अमेरिका नगई सेनामा भर्ती हुने कथा आपूmले रोजेको निर्देशक बस्नेतले बताए।

उनले यो भन्दा अघि लकडाउनका बेलामा कसैसँग नभेटेरै बुहारी र मे वान नामको दुई वटा लघु चलचित्र बनाइसकेका छन्। रगत लघुचलचित्र पुकार टिभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .