कंगनाले सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा बोल्दै मुम्बईका प्रहरीलाई आफूले विश्वास नगर्ने र मुम्बई आफ्नो लागि घृणाको शहर भएको बताएकी थिइन्।
त्यसयता कंगना र महाराष्ट्रको सत्ताधारी दल शिवसेनाबीच टकराब बढ्दै आएको छ। शिवसेनाका सांसदले कंगनाको आलोचना गरिरहेका छन्।
चलचित्र माफिया र बलिउडमा व्याप्त नातावाद र क्रिपावादका कारण सुशान्त डिप्रेसनमा गएको कंगनाको भनाइ छ। सुशान्तले हत्याको धम्की आएको भन्दै प्रहरीमा खबर गर्दा पनि प्रहरीले उनको उजुरी लिन नमानेका कारण आफूले मुम्बईको प्रहरीलाई विश्वास नगर्ने बताएकी थिइन्।
तुमने जो किया अच्छा किया 🙂#DeathOfDemocracy pic.twitter.com/TBZiYytSEw
— Kangana Ranaut (@KanganaTeam) September 9, 2020कंगनाको यस भनाइसँगै महाराष्ट्रको सत्ताधारी पार्टी शिवसेनाले कंगनालाई मुम्बईमा नआउन आग्रह गर्दै उनले मुम्बई प्रहरीको अपमान गरेको बताएको थियो।
शिवसेनाका सांसदहरुले कंगनालाई मुम्बई नआउन भनेपछि कंगनाले मुम्बई पाकिस्तानको कस्मिरजस्तो भएको र लोकतन्त्रको हत्या गरिएको बताएकी थिइन्।
तर उनले आफूलाई मुम्बई आउन कसैले रोक्न नसक्ने बताएकी थिइन्। बुधबार उनी मुम्बई आएकी छिन्।
बुधबार नै मुम्बईको नगर निगमले कंगनाको कार्यालय भत्काएको थियो। कंगनाले कार्यालयको भवन अवैध रुपमा बनाएको बताउँदै नगर निगमले सूचना पनि टाँसेको थियो।
#JustIn | BMC demolishes illegal structures at actor #KanganaRanaut's Mumbai office. NDTV's @ChitnisPurva reports. pic.twitter.com/mrKgq63sOI
— NDTV (@ndtv) September 9, 2020तर कंगनाको जवाफ नआएपछि नगर निगमले बुधबार डोजर नै चलाएको थियो। उनको कार्यालयको केही हिस्साहरु भत्काइएको छ।
कंगनाले शिवसेनासँगको टकराबकै कारण आफ्नो घर भत्काउने प्रयास गरिएको आरोप लगाएकी थिइन्।
यसबीचमा आजै मुम्बईको उच्च अदालतले कंगनाको कार्यालय सेप्टेम्बर ३० सम्म नभत्काउन आदेश दिएको छ। कंगनाले यस विषयमा ट्वीट गर्दै भनेकी छिन्,‘मेरो घर अवैध रुपमा बनाइएको होइन।’
उनले ट्वीटरमा अर्को भिडियो पनि पोस्ट गरेकी छिन्। जहाँ उनले महाराष्ट्रको सरकार, सत्ताधारी पार्टी शिवसेना चलचित्र माफियाको पक्षमा लागेको आरोप लगाएकी छिन्।
कंगनाले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाक्रेलाई नै चुनौती दिएर भनेकी छिन्,‘आज मेरो घर टुटेको छ भोलि तिम्रो घमण्ड टुट्नेछ।’ एजेन्सी
I am never wrong and my enemies prove again and again this is why my Mumbai is POK now #deathofdemocracy 🙂 pic.twitter.com/bWHyEtz7Qy
— Kangana Ranaut (@KanganaTeam) September 9, 2020
Shares

प्रतिक्रिया