समाज


कोरोना संक्रमणबाट ३ महिलासहित ६ जनाको निधन

कोरोना संक्रमणबाट ३ महिलासहित ६ जनाको निधन

नेपालखबर
भदौ २४, २०७७ बुधबार १०:५५,

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको निधन भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा कोरोना संक्रमणबाट ६ जनाको निधन भएको पुष्टि गरेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेका छन्।

मृत्यु हुनेमा काठमाडौँकी ८३, कास्कीकी ७३ र बाँकेकी ८० वर्षीया महिला रहेका छन् भने काठमाडौँका ६७, अर्घाखाँचीका ४२ र नवलपरासीका ६४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ। यो जम्मा संक्रमितको ०.६३ प्रतिशत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad