रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ४१ लाख ६० हजार रुपैयाँ लिएर ठगी गर्ने दुई जना पक्राउ परेका छन्। प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरोले ललितपुरका ३२ वर्षीय निकेश महर्जन र काभ्रेकी २२ वर्षीया कमला लामालाई पक्राउ गरेको हो।
उनीहरुले दुई जनाबाट उक्त रकम लिएपनि फिलिपिन्स पुर्याएर अलपत्र पारेका थिए।
त्यहाँ शारीरिक तथा मानसिक यातना समेत दिई बन्धक बनाएको भन्दै नेपाल फर्किएका दुईजना पीडितले जाहेरी दिएका थिए। प्रहरीले यसअघि सोही मुद्दामा एकजनालाई पक्राउ गरेको थियो।
उनीहरुविरुद्ध मानव बेचविखनको मुद्दामा अनुसन्धान सुरु भएको व्युरोले जनाएको छ।

प्रतिक्रिया