कला


सुशान्त ‘आत्महत्या’ प्रकरण : उनकी प्रेमिका रियालाई १४ दिन हिरासत

सुशान्त ‘आत्महत्या’ प्रकरण : उनकी प्रेमिका रियालाई १४ दिन हिरासत

नेपालखबर
भदौ २४, २०७७ बुधबार ३:२१,

बलिउड अभिनेता सुशान्त सिंह राजपुत ‘आत्महत्या’ प्रकरण अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको उनकी  प्रेमिका एवं अभिनेत्री रिया चक्रवर्तीलाई सेप्टेम्बर २२ सम्म न्यायिक हिरासतमा राखिने भएको छ।

लागुऔषधबारे अनुसन्धान गर्ने निकाय नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले उनलाई मंगलबार दिउँसो पक्राउ गरी अदालत पेस गरेको हो।

एनसीबीले उनलाई प्रहरीको हिरासतमा नभई १४ दिन न्यायिक हिरासतमा राख्न माग गरेको थियो भने रियाको वकिलले भने जमानतमा रिहा गर्न माग गरेको थियो।

तर अदालतले जमानतमा रिहा गर्नुपर्ने माग खारेज गर्दै १४ दिन न्यायिक हिरासतमा पठाउने आदेश दिएको हो।

सुशान्त मृत्यु प्रकरणमा लागुऔषध कारोबारको कोणबाट अनुसन्धान गर्ने क्रममा रियालाई पछिल्लो तीन दिनयता बयान लिइरहेको थियो। त्यस क्रममा मंगलबार उनलाई गिरफ्तार गरिएको हो।

उनका भाइ शौविक चक्रवर्ती यसअघि नै पक्राउ परिसकेका छन्। रियासमेत एनसीबीले अहिलेसम्म १० जना पक्राउ गरिसकेको छ।

यसैबीच भारतीय फिल्म क्षेत्र रियाको गिरफरीको विरोधमा उत्रिएको बीबीसी हिन्दीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad