छापा खबर


यस वर्षको एसइई नजितामा अविश्वास : कलेजहरुले माग्न थाले कक्षा ८ र ९ को पनि नजिता

यस वर्षको एसइई नजितामा अविश्वास : कलेजहरुले माग्न थाले कक्षा ८ र ९ को पनि नजिता

नेपालखबर
भदौ २४, २०७७ बुधबार ३:३६,

एसइईको नतिजा प्रकाशनसँगै उपत्यकाका कक्षा ११ र १२ सञ्चालन गर्ने माविहरुले कक्षा ११ मा नयाँ विद्यार्थी धमाधम भर्ना लिइरहेका छन्।

गत वर्षसम्म एसइईको नतिजाका आधारमा कक्षा ११ मा भर्ना हुने गरेको थियो। तर यस वर्ष उपत्यकाका कलेहरूले एसइईको नतिजामाथि विश्वास गर्न नसकेका खबर आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेकी छन्।

कतिपय कलेजले विद्यार्थी भर्नाका लागि कक्षा १० सँगै ८ र ९ को नतिजा मागेका छन्। कतिपय कलेजले छात्रावृत्ति उपलब्ध गराउन भन्दै तल्लो कक्षाको नतिजा मागेको बताउने गरेका छन्।

जुनसुकै बहानामा तल्लो कक्षाको नतिजा मागिए पनि मुख्य कारण भने यसपालिको एसइई नतिजामा विश्वास गर्न नसक्नु नै हो। केही कलेजले कक्षा ८ र ९ को नतिजा नमागेर कक्षा १० कै पाठ्यक्रममा आधारित भएर विद्यार्थीसँग पुनः लिखित परीक्षासहित अन्तर्वार्ता लिइरहेका छन्। यसअघिको भर्नामा यस्तो कहिल्यै गरिएको थिएन।

माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले यस वर्ष विद्यार्थीसँग कक्षा ११ मा भर्ना हुन कक्षा ८ र ९ को नतिजासमेत मागेको छ। स्कुलको वेबसाइटमै विद्यार्थीले आफ्नो एसइईको नतिजासाथै कक्षा ८ र ९को नतिजासमेत अपलोड गर्न निर्देशन दिइएको छ।

लगनखेलस्थित अक्सब्रिज कलेजले भने कक्षा ११ मा छात्रावृत्ति दिने भन्दै कक्षा ८ को नतिजा मागेको छ। ललितपुरस्थित मानभवनस्थित प्रसादी कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीसँग कक्षा १० कै पाठ्यक्रममा आधारित रहेर अनलाइनबाटै लिखित परीक्षा र अन्तर्वार्ता लिइरहेको छ।

गोल्डेनगेट कलेजले अनलाइन प्रवेश परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित भएर लिइरहेको छ। कालोपुलस्थित जेभियरले अनलाइन फाराम संकलन गरेर अनलाइनबाटै प्रवेश परीक्षा लिने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad