सञ्चारकर्मी गीता अधिकारीको तिज गीत ‘तिजैमा व्रत बसीको म्युजिक भिडियो सार्वजनिक भएको छ।
मिलापको प्रस्तुतिमा अधिकारीका शब्द रहेको गीतको भिडियोको सोमबार पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। गीतमा योगेश काजीको लय, तथा एरेन्ज र एचवीन किस्मतको अडियो मिक्सिङ रहेको छ।
सारिका घिमिरेको स्वर रहेको गीतको भिडियोमा पुजना प्रधान, सारिका र गीता अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन्।
नारायण रिजालले निर्देशन गरेको गीतको भिडियो गीतको भिडियोको छायाँकन वीरेन्द्र भाट ‘विपिन’ले, सम्पादन रामसिंह भाटले गरेका छन्।
कार्यक्रममा गायिका, गीतकार, र अभिनेतृ सबैले दर्शक स्रोताको मन छुनेगरी काम गरेका कारण सबैको रोजाइमा पर्ने विश्वास व्यक्त गरेका थिए।
‘हामीले गत वर्ष सन्देश मुलक तीज गीत स्रोता÷दर्शकमाझ पस्केका थियौ, यसपालीको तीजमा दुःख पीडा भुलेर खुलेर नाचौँ भन्ने खालको तीज गीत लिएर आएकी छु, सबैले मनपराई दिनुहुन्छ भन्ने आशावादी छु’, गीताले भनिन् ।
‘तीजका गीत प्रायः सबै उस्तै–उस्तै नै हुन्छन्, हामीले अझ राम्रो बनाउने प्रयास गरेका छौ,’ निर्देशक नारायण रिजालले भने।
हेरौँ भिडियो

प्रतिक्रिया