कारोबार


सिंहदरबारमा राष्ट्रिय वाणिज्य बैंककाे शाखा

सिंहदरबारमा राष्ट्रिय वाणिज्य बैंककाे शाखा

नेपालखबर
साउन ६, २०७६ सोमबार १०:५४,

सिंहदरबारस्थित संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ।

सभामुख कृष्णबहादुर महराले सोमबार एक कार्यक्रमका बीच सो परिसरमा स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालयको उद्घाटन गरे। त्यस अवसरमा उनले संघीय संसदका सांसद, कर्मचारी सबैलाई बैंकिङ सेवा दिने उद्देश्यका साथ सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले एटीम सेवासहितको शाखा कार्यालय स्थापना गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई धन्यवाद दिएका थिए।

उनले सांसदहरुले सरकारी बैंक नै स्थापना गर्न माग गरेपछि सरकारको पहलमा सो बैंक संसद सचिवालय परिसरमा स्थापना भएको पनि स्मरण गराए।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले ६ महिना भित्र आफ्नो सबैलाई प्रभावकरी ढंगले संचालन गर्ने योजना तय गरेको जानकारी दिएका थिए। उनले बैंकले आफ्नो सेवालाई प्रभावकारी बनाउन नयाँ जनशक्ति र प्रविधिको विकासमा जोड दिईरहेको पनि बताए।

राष्ट्रिय वाणिज्य बैंकले देशका सबै जिल्लाहरुमा आफ्नो शाखा कार्यालय विस्तार गरिसकेको छ। सभामुख महराले राष्ट्रिय वाणिज्य बैंकले नेपालको अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान दिईरहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad