ad ad

कला


स्वास्थ्यकर्मी र सुरक्षार्मीमाथि दुर्व्यवहार बढेपछि हरिवंश आचार्यले गरे यस्तो आग्रह (भिडियो)

स्वास्थ्यकर्मी र सुरक्षार्मीमाथि दुर्व्यवहार बढेपछि हरिवंश आचार्यले गरे यस्तो आग्रह (भिडियो)

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ६:११,

वरिष्ठ कलाकार हरिवंश आचार्यले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि हुँदै आएको दुर्व्यवहार बन्द गर्न आग्रह गरेका छन्।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी आफ्नो परिवारलाई नै छाडेर तपाईं हाम्रो सेवा गर्ने क्रममा कोरोना संक्रमित भएको भन्दै उनले त्यसको कारण हामीहरु भएको भन्दै उनीहरुमाथि दर्व्यवहार नगर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा एक भिडियो सन्देश जारी गर्दै आचार्यले सुरक्षाकर्मी र स्वास्थ्यकर्मी जनताका लागि अहोरात्र खटिरहेको भन्दै उनीहरुलाई सम्मान व्यक्त गर्नुपर्ने बताए।

‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले आफ्नो परिवार, छोराछोरीलाई छाडेर तपाईं हाम्रो सेवा गर्दागर्दै कोही कोही संक्रमित हुनुभएको छ, त्यो हाम्रो कारणले हो, हाम्रो सेवा गर्दा हो। त्यसैले हामीले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान व्यक्त गर्नुपदर्छ, किनभने उहाँहरु हाम्रा लागि खटिदिनुभएको छ’, आचार्यले भिडियो सन्देशमा भनेका छन्।

उनले चिकित्सक र सुरक्षार्मीमाथि दुर्व्यवहार भयो भन्ने सुन्दा मन दुखेर आउने बताएका छन्। उनले अहिले हामीले उनीहरुमाथि दुर्व्यवहार गर्यौ भने भोलि हामी संक्रमित भयौ भने कसले उपचार गर्छ भनि प्रश्न समेत उठाएका छन्।

संक्रमण जसलाई पनि जुनसुकै बेला पनि हुनसक्ने भन्दै उनले हामीले भोलि चिकित्सकको सहयोगमा बाँचनुपर्ने भएका कारण उनीहरुको आत्मबल बढाइदिनु पर्ने उनकाे  आग्रह  छ।

‘यो संक्रमण भनेको मलाई हुँदैन, उनीहरुलाई मात्रै हुन्छ भनेर ढुक्क हुने अवस्था छैन’, उनले भनेका छन्, ‘जो मान्छेलाई जुनै पनि बेला हुने सम्भावना भएकाले भोलि हामी चिकित्सकको सहयोगबाट बाँच्नु पर्छ, त्यसकारण चिकित्सक र सुरक्षाकर्मीलाई सम्मान गरौँ, उहाँहरुको आत्मबल बढाइदिऊँ, उहाँहरुको आत्मबल बढाउन सक्यौँ भने हामीले हाम्रो आयु बढाउन सक्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .