चर्चित गायिका ज्योति मगर र गायक रुद्रसेन विश्वकर्मा स्वर रहेको मैथिली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘कानोमे आँहाके झुम्का’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।
गयक विश्वकर्माको शब्द र संगीत रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन्।
आरजे म्युजिक प्रोडक्सनको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो।
प्रदीपकुमार रसाइलीको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई दीपक गिरी खिचेका हुन्।
म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन विश्वकर्मा र रिचा थापालाइ फिचर्ड गरिएको छ।
हेरौँ भिडियोः
3
Shares

प्रतिक्रिया