कला


महिलामाथि हुने छुद्र टिप्पणीविरुद्ध सास रहुन्जेल लडिरहन्छौँ : केकी अधिकारी

महिलामाथि हुने छुद्र टिप्पणीविरुद्ध सास रहुन्जेल लडिरहन्छौँ : केकी अधिकारी

नेपालखबर
साउन २७, २०७७ मंगलबार १३:३५,

अभिनेत्री केकी अधिकारीले नेपाली चलचित्र क्षेत्रमा महिलामाथि हुने विभेद र छुद्र टिप्पणीविरुद्ध आफूहरु निरन्तर लडिरहने बताएकी छन्।

मंगलबार सामाजिक सञ्जाल ट्विटरमा नेपाली चलचित्र क्षेत्रका ‘विद्वान टिप्पणीकारहरुलाई’ सम्बोधन गर्दै अभिनेत्री अधिकारीले एक ट्विटमार्फत् सो धारणा व्यक्त गरेकी हुन्।

उनले महिलाले लगाएको पहिरनलाई लिएर राष्ट्रिय सञ्चारमाध्यममै छुद्र टिप्पणी हुने गरेको र आफूहरुले विरोध गर्दा अर्को प्रसंग ल्याएर त्यसमा किन नबोलेको त भन्ने गरेको उल्लेख गरेकी छन्।

उनले विद्वान टिप्पणीकारका यस्तै टिप्पणीले घटना सामान्यीकरणतर्फ जाने भन्दै न्यायको लडाइमा साथ दिन आग्रह समेत गरेकी छन्।

‘राष्ट्रियस्तरका संचार माध्यमहरुबाट खुल्लमखुल्ला नेपाली महिला कलाकारहरुको शारीरिक बनावटमाथि छुद्र टिप्पणी गर्दा र संस्कारको मापदण्ड उनले लगाउने पहिरनसँग जोडिदिँदा हामीले जनाएको विरोधमा, तपाईंहरुको प्रतिकृयात्मक विद्वता ‘यस्तै वा योभन्दा गम्भीर प्रकृतिको अर्को घटनामा किन बोलिनस्रु भन्ने मै सीमित रहेको देख्दा अफशोच लागिरहेको छ’, उनले लेखेकी छन्, ‘तपाईंहरुको यस्तै टिप्पणीहरुले नै सायद पटक–पटक घट्ने यस्तै घटनाहरु सामान्यीकरण हुँदा हुन्। कमसेकम एकचोटि साथ र समर्थन दिएर न्यायलाई स्थापित गराउन मद्दत त गर्नुहोस्– लड्नलाई हामीसँग धेरै मोर्चाहरु छन्, विषयहरु छन्।’

उनले सबै घटनाका विषयमा आफूहरुले बोल्न नसकेको भए पनि अन्याय र अत्याचारबिरुद्ध निरन्तर लड्ने बताएकी छन्।

उनले आफूहरुबाट केही कमीकमजोरी भए पनि आफूहरुसँग सास र एक झिल्का आगो रहेसम्म निरन्तर लडिरहने बताइन्। उनले पछिल्लो समय आफूहरु अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र पूजा शर्माका पक्षमा लडिहरेको जानकारी दिएकी छन्।

‘महोदय, एक मुट्ठी सास हामी भित्र पनि छ। एक झिल्का आगो हामीसँग पनि छ। र, त्यो सास, त्यो आगो भएसम्म लड्छौँ। हरेक अन्यायको बिरुध्दमा लड्छौं। कहिलेकाहीँ देखिने गरी आफूले पाएका मंचहरुबाट लड्छौं। कहिलेकाहीँ हात समाई पंक्तिबध्द भएर न्यायालयको ढोकासम्म पुगेर लड्छौँ’, ट्विटरमा उनले लेखेकी छन्, ‘पूजाको लागि पनि लड्छौं, साम्राज्ञीको लागि पनि लड्छौँ। लडिरहेका छौं। संघर्षका माध्यम र स्वरुप फरक भए होलान् तर चिन्ता नगर्नुस्, हामी लड्छौं।’

अभिनेत्री अधिकारीले विद्वान टिप्पणीकारहरुलाई संघर्षमा सामलेह हुन आग्रह समेत गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad