ad ad

कारोबार


लगातार दोस्रो दिन नेप्से घट्यो, सेयरबजारमा १ अर्ब २५ करोडको खरिदबिक्री

लगातार दोस्रो दिन नेप्से घट्यो, सेयरबजारमा १ अर्ब २५ करोडको खरिदबिक्री

नेपालखबर
साउन १३, २०७७ मंगलबार ९:३१,

साताको तेस्रो कारोबार दिन सेयरबजार ७.५९ अंकले घटेको छ। बजार परिसूचक नेप्से उक्त अंकले घटेर १४५४.८९ विन्दुमा आइपुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १.६४ अंकले घटेको छ।

आज बजारमा १ सय ८५ कम्पनीको ३२ लाख ४७ हजार कित्ता कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब २५ करोड ९७ लाखको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज फाइनान्स र म्युचुअल फन्डबाहेक बाँकी समूहको कारोबार सूचक बढेको छ। अरु सबै सूचकहरु रातो छन्।

आज नेपाल पुनर्बीमा कम्पनीको १० करोड ३५ लाखको सेयर कारोबार भएको छ। यो नै उच्च कारोबार हो। नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ८९ लाखको, एनएमबी बैंकको ६ करोड ४१ लाखको, एनआईसी एसिया बैंकको ५ करोड ६२ लाखको र हिमालयन डिस्टिलरीको ५ करोड ४५ लाखको सेयर कारोबार भएको छ।

आज कमाउने र गुमाउने दुवै कम्पनीले अधिकतम क्रमशः ५.९४ नाफा र ५ प्रतिशत घाटा व्यहोरेका छन्।

सोमबार पनि नेप्से २.६२ अंकले घटेको थियो। उक्त दिन १ अर्ब ८१ करोडको कारोबार भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .