ad ad

कला


नेगेटिभ रिपोर्ट आएको चर्चा चलेपछि अमिताभले भने : यो सत्य हाेइन

नेगेटिभ रिपोर्ट आएको चर्चा चलेपछि अमिताभले भने : यो सत्य हाेइन

नेपालखबर
साउन ८, २०७७ बिहिबार १२:४७,

कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो रिपोर्ट नेगेटिभ आएको भन्ने समचारको खण्डन गरेका छन्।

बिहीबार भारतका केही मिडिया र सामाजिक सञ्जालमा महानायक बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको समाचार सार्वजनिक भएपछि उनले त्यसको खण्डन गरेका हुन्।

‘यो समाचार असत्य, गैरजिम्मेवार, गलत र सच्याउनै नसकिने झुट हो’, सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्।

महानायक बच्चन र उनका छोरा अभिनेता अभिषेक बच्चनमा जुलाई ११ मा कोरोना पोजिटिभ देखिएको थियो। स्वासप्रस्वासमा समस्या देखिएपछि उनी उपचारका लागि मुम्बईको नानावटी अस्पताल पुगेका थिए। सोही अस्पतालमा गरिएको कोरोना परीक्षणमा बाबुछोरामा नै कोरोना पोजिटिभ देखिउको थियो।

त्यसको भोलिपल्ट अर्थात जुलाई १२ मा अभिषेक पत्नी ऐश्वर्या र छोरी आराध्यामा पनि कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .