कुन देशले पहिलो खोप बनाउने भनेर प्रतिस्पर्धा भइरहेको समयमा चीनले यसै वर्षको अन्त्यसम्ममा कोरोनाविरुद्धको खोप उपलब्ध गराउने चिनियाँ संचारमाध्यमले जनाएका छन्।
चाइना न्याश्नल फार्मसुटिकल ग्रुपले बनाइरहेको खोप यसैवर्ष उपलब्ध हुनसक्ने बताइएको छ।
यस ग्रुपले बनाएको खोप मानवमा अन्तिम चरणको परीक्षणका लागि तयार भएको र आगामी तीन महिनाभित्र परीक्षण सम्पन्न हुने यस कम्पनीको आशा छ।
परीक्षण सफल भए यसैवर्ष कोरोनाविरुद्धको खोप प्रयोगका लागि उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ।
हाल अमेरिका, बेलायत, रुसजस्ता मुलुक कोरोनाको खोप बनाउन लागि परेका छन्। रोयटर्स
प्रतिक्रिया