अभिनेता राजेश हमालका विषयमा गरेको टिप्पणीका कारण कलाकार दीपाश्री निरौलाविरुद्ध गालीको वर्षा नरोकिएपछि एकपछि अर्काे कलाकारको प्रतिक्रिया आउने क्रम जारी छ।
याे पनि: ‘महानायक’ प्रकरणमा प्रियंका कार्कीको प्रतिक्रियाः कृपया चरित्र हत्या नगरिदिनुस्
यसै क्रममा कलाकार केदार घिमिरेले पनि फेसबुकमार्फत यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले दीपाश्रीका लागि आफ्नो तर्फबाट अभिनेता राजेश हमालसँग माफी नै मागेका छन्।
‘आदरणीय दर्शकलाई मेरो अनुरोध : केही दिनदेखि निरन्तर रूपमा निर्देशकर कलाकार दीपा दिदीमाथि तल्लोस्तरका गाली गलौज भइरहेका छन्। हो, दिदीको गल्ति थियो, माफी पनि मागिसक्नुभयो । म पनि महानायक राजेश दादासँग व्यक्तिगत रूपमा माफी माग्छु,’ कलाकार घिमिरेले फेसबुकमा लेखेका छन्, ‘कुन गल्तीको सजाय कति भन्ने पनि त होला नि! छिमेकीको बच्चाले सागबारी कुल्चेछ, खुट्टा भाँचेर पठाइदिने त?’
एक टेलिभिजन अन्तर्वार्ताका क्रममा दीपाश्री निरौलाले अभिनेता हमालका विषयमा ‘उहाँ महानायक हो र!’ भन्ने शब्द प्रयोग गरेका कारण उनीविरुद्ध सामाजिक सञ्जालमा व्यापक आलोचना सुरु भएको हो। यस विषयमा यसअघि नै दीपाश्रीले फेसबुकमा लामै स्पष्टीकरण लेखेर हमालका फ्यानसँग क्षमा मागिसकेकी छन्।
हेरौँ, कलाकार केदार घिमिरे अर्थात् माग्ने बूढाले लेखेको स्टाटसः
प्रतिक्रिया