गायिका अमृता लामिछाने, धना मगर र गायक यज्ञराज बुढाथोकीको आवाजमा नेपाली नारीहरुको महान पर्व हरितालिका तिज लक्षित गर्दै सन्देशमुलक गीत ‘सँगै नाचौँ गाईज’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।
गीतमा देशमा व्याप्त कोरोना माहामारीमा पनि आपसमा मिलेर तिज पर्वलाई भब्य साथ मनाउनको लागी आग्रह गरिएको छ।
आपसमा मिलेर घरमा नै परिवार सगँ तिज मनाउनको लागी अनुरोध गरिएको छ। यज्ञ बुढाथोकीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ।
गीतको एरेन्ज संजय श्रीपालले गरेका छन्। मिराज अर्यालको छायाँकन, विवेक खड्काको सम्पादन तथा उदिराम खड्काको निर्देशन तथा विन्दु खड्काको कोरियोग्राफी भिडियोमा रहेको छ।
गीतको भिडियोमा मनोज खड्का, मुना श्रेष्ठ, पुरन क्षेत्री र गणेश राईको अभिनय तथा नृत्य रहेको छ।

प्रतिक्रिया