सामाजिक सञ्जाल इन्स्ट्राग्राममा भिडियो पोस्ट गर्दै साम्राज्ञीले आफूहरुको मुख देखाएर, आफूहरुलाई नराम्रो गरि पैसा कमाउने मान्छेहरु युट्युबमा धैरै रहेको बताएकी छिन।
‘हामीलाई सहयोग गर्दिएको जस्तो इन्टरभ्यू लिने, बुझ्याजस्तो गरेर हाँसेर बोल्ने, पछि पोस्ट गर्दा कतिकुरा काटिदिने, कतिदिन उछालिदिने र नराम्रो बनाएर पेश गर्ने,’ उनले भनेकी छिन,‘हाम्रो मुख देखाएर, हामीलाई नराम्रो गरि पैसा कमाउने मान्छेहरु टन्न छन युटुयुबमा। म थाँकी सके। ममात्रै हैन, धेरै एक्टरलाई यस्ता कुराबाट समस्या छ।’
अन्तर्वार्ता भन्दा भिन्नै हेडलाइन राखिने भन्दै उनले आक्रोश पोखेकी छिन। ‘हेडलाइन्स पढ्ने बित्तिकै मेरो टाउको दुख्छ,’ उनले भनेकी छिन।
भिडियोः

प्रतिक्रिया