डेम भेरा लिन दोस्रो विश्व युद्धको समयमा निकै चर्चित बनेकी थिइन्। उनले गाएको ‘वि विल मिट अगेन’ भन्ने गीत बेलायतमा त्यसबेला ‘आशा र भरोसा’को माध्यम बनेको थियो।
उनलाई त्यसबेला आशाको प्रतीक समेत भनिन्थ्यो। सन् १९१७ मा इस्ट ह्याममा जन्मिएकी लिनले गाएको गीत बेलायती सेना माझा यति लोकप्रिय बन्यो उनलाई ‘फोर्सेस स्वीटहार्ट अर्थात सैनिकको प्रेमिकाको उपमा पनि दिइयो।

उनले विश्वयुद्ध ताका इजिप्ट, इन्डिया, म्यानमार, बर्मामा गएर बेलायती सेनलाई मनोरन्जन दिइन्। उनले युद्ध मैदानमै गएर पनि गीत गाएकी थिइन्। एजेन्सी
वि विल मिट अगेन

प्रतिक्रिया