प्रधानमन्त्री केपी शर्मा ओलीले साउनको अन्तिमताका र भदौको सुरुमा कोरोना संक्रमणको उच्चतम बिन्दूमा पुग्न सक्ने बताएका छन्।
उनले त्यसपछि दशैं, तिहार र छठ लगायतका चाडबाढपछि मंसिरमा फेरि चर्कन सक्ने बताएका छन्।
राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै बिहीबार प्रधानमन्त्री ओलीले चैतदेखि जेठ महिनासम्मको अवधिमा भन्दा जेठ एकमहिनामा संक्रमित बढेको र त्यो फेरि साउनको अन्त्यदेखि भदौको पहिलो हप्तासम्म फेरि बढ्ने अवस्थामा जानसक्ने बताए ।
‘त्यसपछि ओरालो लाग्छ र हामीले क्रमशः नियन्त्रण गर्न सक्छौं,’ प्रधानमन्त्रीले भने ।
‘हाम्रा आनीबानी र व्यवहारले दशैँ तिहार र छठजस्ता पर्वले कोरोना झन् बढाउँछ भन्ने छ,’ प्रधानमन्त्री ओलीले भने।
उनले मंसिरको अन्तिममा बढेको कोरोनाको ग्राफ फागुनमा बल्ल तल घट्ने अनुमान संसदमा बताए।
‘पुस माघ सम्ममा हामी यसलाई नियन्त्रण गर्न सक्छौं’, प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया