कला


सुशान्त सिंह राजपुतको मृत्युबारे कंगना भन्छिन्ः बलिउडले उनलाई अनुचित व्यवहार गर्‍यो

सुशान्त सिंह राजपुतको मृत्युबारे कंगना भन्छिन्ः बलिउडले उनलाई अनुचित व्यवहार गर्‍यो

नेपालखबर
असार १, २०७७ सोमबार ११:२९,

कंगनाले इन्स्टाग्राममा एक भिडियो अपलोड गर्दै भनेकी छिन्,‘सुशान्तजस्ता प्रतिभाशाली कलाकारलाई बलिउडले अनुचित व्यवहार गर्यो।’

३४ वर्षका अभिनेता सुशान्त आइतबार मुम्बईस्थित अपार्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परेका थिए। प्रहरीले उनले आत्महत्या गरेको बताएका छन्।

यद्यपी उनका परिवारले हत्याको आशंकामा अनुसन्धान गर्न आग्रह गरेका छन्।

‘सुशान्तको डेब्यु चलचित्र काइ पो चेलाई किन स्वीकार गरिएन? गली ब्वाईजस्तो चलचित्रले सबै अवार्ड प्राप्त गर्दा सुशान्तले अभिनय गरेको ‘छिछोरे’ लाई किन वेवास्ता गरियो? त्यो उत्कृष्ट चलचित्र थियो’ कंगनाले भिडियोमा भनेकी छिन्,‘सुशान्तमाथि लागूपदार्थ दुव्र्यसनीमा फसेको आरोप लाग्दा पत्रकारले त्यसको खेदो खने तर सन्जय दत्तको लागूपदार्थ सेवनलाई उनीहरु राम्रो ठान्छन्।’

भिडियोमा कंगनाले भनेकी छिन्,‘के सुशान्तले आत्महत्या गरेका थिए अथवा उनको योजनाबद्ध हत्या हो?’

मानिसहरुले सुशान्तलाई बेकम्मा भनेको र त्यो सुशान्तले मान्नु गल्ती भएको कंगनाको भनाइ रहेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad