प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कैलालीमा भएको बलात्कार घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।
सोमबार विज्ञप्ति प्रकासित गरी का्रग्रेसले घटनामा जो कोही सामेल हुन्, बिना कुनै मोलाहिजा कडा कार्वाही गर्न माग गरेको छ।
कैलालीको घटनामा दोषीलाई कानूनी कार्वाही सँगसँगै क्वारेन्टिनहरुको बेथितिमा सरकारले आफ्नो अयोग्यताको अनुहार हेर्न जरुरी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।
‘मापदण्ड विपरीतका अव्यवस्थित क्वारेन्टिनहरु कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएका छन्। अब्यवस्थाका कारण देशका विभिन्न क्वारेन्टिनबाट नागरिक भागेका छन्। क्वारेन्टिन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको छ र अन्तत बलात्कार सम्मको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको छ’ शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
साेमबार कैलालीको लम्कीचुहामा रहेको एक विद्यालयको क्वारेन्टिनमा एक महिलामाथि सामुहिक बलात्कार भएको समाचार आएको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
Shares

प्रतिक्रिया