ad ad

कला


खनालले ल्याए इतिहास सम्झाउने राष्ट्रिय गीत (भिडियो)

खनालले ल्याए इतिहास सम्झाउने राष्ट्रिय गीत (भिडियो)

नेपालखबर
जेठ २९, २०७७ बिहिबार १०:२२,

सञ्चारकर्मी चुरामणि खनालले नेपाली वीरताको इतिहास र गौरवपूर्ण विगत सम्झाउँदै राष्ट्रिय गीत सार्वजनिक गरेका छन्।

“नबिर्सौं वीरताको गाथा” शीर्षकको राष्ट्रप्रेमले ओतप्रोत गीतमा चुरामणि खनालकै शब्द र संगीत रहेको छ ।

आवाजमा उनलाई मनिका विश्वकर्माले साथ दिएकी छिन् । बुढासुब्बा म्युजिक कम्पनीमार्फत सार्वजनिक गीतमा पुर्खाले देखाएको वीरता सम्झिएर नेपालको सीमा रक्षा गर्नुपर्ने भाव छ।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा सार्वजनिक गरेलगत्तै सार्वजनिक भएको गीतमा पनि सीमा रक्षाका लागि नेपालीहरुलाई अपिल गरिएको छ।

यो आफ्नो पहिलो गीत राष्ट्रिय गीत भएको र आगामी दिनमा पनि राष्ट्रभक्तिका सिर्जनामा लागिरहने सर्जक चुरामणि खनालले बताए ।

भिडियो : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .