कला


भुवन र राजेशलाई पछि पार्दै दयाराम दाहाल बने चलचित्र विकास बोर्डको अध्यक्ष

भुवन र राजेशलाई पछि पार्दै दयाराम दाहाल बने चलचित्र विकास बोर्डको अध्यक्ष

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार ८:४५,

चलचित्र निर्देशक, निर्माता एवं गीतकार दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन्।

तत्कालीन अध्यक्ष केशव भट्टराईको अचानक निधन भएपछि रिक्त रहेको पदमा सरकारले निर्देशक दाहाललाई २ वर्षका लागि नियुक्त गरेको हो।

बोर्ड अध्यक्षका लागि १० जनाले सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिएका थिए। तीमध्ये दाहाल, अभिनेता भुवन केसी र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम मन्त्रिपरिषदमा पुगेको थियो।

तीमध्ये बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई बोर्ड अध्यक्षका लागि योग्य ठहर्‍याउँदै नियुक्त गर्ने निर्णय गरेको हो।

अध्यक्ष दाहालको संक्षिप्त परिचय
काभ्रेमा जन्मेका दयाराम दाहाल २०४५ सालमा बनेको ‘लाहुरे’ को पोस्ट प्रोडक्सनमार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए।

त्यसपछि फिल्म ‘दाइजो’ बाट निर्देशन यात्रा थालेका अहिलेसम्म तीन दर्जनभन्दा बढी फिल्मको निर्देशन गरिसकेका छन्। नेपाली सिने जगतमा सफल निर्देशकको सूचीमा उनको नाम अग्रपंक्तिमा आउँछ ।

उनको पछिल्लो रिलिज फिल्म ‘रानी’ हो भने ‘लैबरी लै’ प्रदर्शनको पर्खाइमा छ। उनले दौंतरी’, ‘ठूल्दाइ’, ‘तँ त साह्रै बिग्रिस् नि बद्री’, ‘म तिमीबिना मरिहाल्छु’, ‘दैव’लगायत थुप्रै सुपरहिट फिल्म निर्माण गरेका छन्।

फिल्म निर्देशनमा आउनुअघि दाहाल २०४१ सालतिर रेडियोमा गीत गाउन, नाटक गर्न घर काभ्रेबाटै धाउँथे। २०४३ सालमा एसएलसी पास गरेर काठमाडौं छिरेपछि उनी निर्देशनतर्फ लागेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad