जेनजी आन्दोलन, त्यसअघि र पछिको अवस्थालाई चित्रण गरिएको फिल्म ‘चंगुल’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी भदौ १९ गते प्रर्दशनमा आउनेछ।
मालति कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार चलचित्र ‘चंगुल’मा भ्रष्टाचारको कारण थिलथिलो भएको देश र त्यस पछिको युवा जागरणलाई समेटिएको छ। गत वर्ष भदौ २३ र २४ को आन्दोलन र त्यहि आन्दोलनमा ज्यान गुमाउने जेनजी आन्दोलनका शहीदको सम्झना स्वरुप चलचित्र भदौ १९ मा रिलिज गर्न लागेको निर्माता कार्कीले जानकारी दिइन्।
यस फिल्ममा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा बीसी, स्वस्तिका लामिछाने लगायतको अभिनय रहेको छ। बालकलाकारको रुपमा भने रिम्शा कार्कीको अभिनय रहेको छ।
9
Shares

प्रतिक्रिया