दर्जनौँ म्युजिक भिडिओ र टेलिश्रृंखला ‘सीता’ की कलाकार समिया कार्की सिनेक्षेत्रमा डेब्यु गर्ने भएकी छन्।
उनले रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ मार्फत सिनेक्षेत्रमा प्रवेश गर्न लागेकी हुन्। उनी ‘सीता’ मा सीताको नन्द अर्थात सृष्टिको भूमिकामा छिन्। जसमा उनको अभिनयलाई दर्शकले मन पराएका छन्।
मुख्य भूमिकामा अभिनय गर्ने अवसर पाएकी उनी निकै उत्साहित छिन्। नयाँ टिम र अनुभवी कलाकारसँग काम गर्ने अवसर पाउनु आफ्नो लागि खुशीको विषय भएको उनले बताइन्।
यस फिल्ममा यसअघि चर्चित गायक पशुपति शर्मा र गायिका अन्जु पन्तकी छोरी परितोषिका पनि मुख्य भूमिकामा देखिने पक्का भइसकेको छ। यी दुवै कलाकारका लागि पनि यो डेब्यु चलचित्र हुनेछ।
Shares

प्रतिक्रिया