कला


‘आ बाट आमा २’ को हङकङ राइट्स बिक्री

‘आ बाट आमा २’ को हङकङ राइट्स बिक्री

नेपालखबर
असार ९, २०८३ मंगलबार १४:५४, काठमाडौँ

आगामी असोज ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा २’ को हङकङ प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ।

फिल्मको केही दृश्य अझै छायांकन गर्न बाँकी छँदै निर्माण टिम र हङकङका वितरकबीच प्रदर्शन अधिकारका लागि कागजी सम्झौता भएको हो।

यस चलचित्रको हङकङ प्रदर्शन अधिकार श्री स्वर्णिम कम्युनिकेसन प्रा.लि.ले खरिद गरेको हो। 

चलचित्रका निर्देशक चन्द्र पन्तले अन्तर्राष्ट्रिय बजारअन्तर्गत हङकङको प्रदर्शन अधिकार उल्लेख्य र महँगो रकममा बिक्री भएको जानकारी दिए।

उनका अनुसार सम्झौता महँगो रकममा भएको भए पनि व्यापारिक गोपनीयताका कारण आधिकारिक अंक भने अहिले खुलाइएको छैन। निर्देशक पन्तले रकमबारे समयक्रममा बिस्तारै जानकारी गराउँदै लैजाने बताएका छन्।

यो फिल्म गत वर्ष प्रदर्शनमा आएर व्यावसायिकरूपमा सफल भएको चलचित्र ‘आ बाट आमा’ को सिक्वेल हो। सोही कारण पनि यो चलचित्र प्रदर्शनमा आउनुपूर्व नै अन्तर्राष्ट्रिय बजारमा धमाधम बिक्री भइरहेको हो।

यसअघि नै चलचित्रको जापान प्रदर्शन अधिकार ‘आर एन्ड बी इन्टरटेनमेन्ट’ ले खरिद गरिसकेको छ भने अमेरिका र क्यानडाको राइट्स ‘डोको फिल्म्स’ ले महँगो रकम खर्चेर किनिसकेको छ। 

यस चलचित्रमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का र दिलिप अखेडाको मुख्य भूमिका रहनेछ।

निर्देशक पन्तकै लेखन र पटकथा रहेको यस चलचित्रको प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्।

‘दशैँको जमरा र आमाको पर्खाइको कथा’ स्लोगन सहित निर्माण गरिएको यस चलचित्रले वैदेशिक रोजगारी वा अन्य बाध्यताका कारण आमा र सन्तानबीच उत्पन्न हुने दूरी, पारिवारिक संवेदना र प्रतिक्षाको मर्मस्पर्शी कथालाई समेट्ने संकेत निर्माण पक्षले दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad