आजदेखि नेपाली सिनेमाहलमा हलिउड फिल्म ‘अब्सेसन’ प्रदर्शन भएको छ। विश्वभर चर्चा कमाइरहेको यो फिल्म बुधबारदेखि नेपाली हलमा लागेको हो।
सानो बजेटमा बनेको फिल्मले बक्सअफिसमा भने आक्रामक कमाइ गरिरहेको छ। यो फिल्म करिब ७ लाख ५० हजारदेखि १० लाख अमेरिकी डलर सानो बजेटमा निर्माण भएको हो।
यस फिल्मले विश्वभर २ सय ९० मिलियन अमेरिकी डलर ग्रस कलेक्सन गरिसकेको छ।
यस फिल्मको कथा एक युवक वरिपरि घुम्छ, जसले रहस्यमय शक्तिसँग जोडिएको वस्तु प्रयोग गरेर आफ्नो प्रेम प्राप्त गर्ने प्रयास गर्छ। तर, प्रेम प्राप्ति भएपछि सम्बन्ध क्रमशः डर, मनोवैज्ञानिक तनाव र नियन्त्रण बाहिर जाने जुनूनमा बदलिन्छ।
क्युरी बार्कर निर्देशित यो फिल्ममा माइकल जोनस्टन र इन्डे नाभारेते मुख्य भूमिकामा छन्।
9
Shares

प्रतिक्रिया