समाज


काठमाडौँलाई ‘मानवीयताको सहर’ बनाउने महानगरको घोषणा, सुकुम्बासी व्यवस्थापनको आधार- सामूहिक आवास

काठमाडौँलाई ‘मानवीयताको सहर’ बनाउने महानगरको घोषणा, सुकुम्बासी व्यवस्थापनको आधार- सामूहिक आवास

नेपालखबर
जेठ ३१, २०८३ आइतबार १४:५१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले अवव्यवस्थित बसोवासी तथा नदी किनारका जोखिमपूर्ण बस्ती व्यवस्थापनका लागि नयाँ दृष्टिकोण अघि सारेको छ।

आइतबार आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाउने विषयमा सृजना भएको तनाव र विवादलाई मध्यनजर गर्दै यस पटक महानगरपालिकाले बल प्रयोगभन्दा पनि संघीय र प्रदेश सरकारसँगको प्रत्यक्ष समन्वय, त्रि–पक्षीय साझेदारी र ‘सामूहिक आवास’ निर्माणको नीतिलाई केन्द्रमा राखेको बताइन्।

डंगोलद्वारा प्रस्तुत यो नीतिले काठमाडौँलाई ‘मानवीयताको शहर’ बनाउने संकल्पलाई थप सुदृढ गरेको देखिन्छ। जलमग्न र जोखिमपूर्ण नदी किनार तथा सार्वजनिक स्थलहरूमा वर्षौंदेखि बस्दै आएका अव्यवस्थित बसोवासीहरूको स्थानान्तरण र उचित पुनःस्थापना सधैं काठमाडौँको मुख्य सहरी चुनौती रहि आएको छ। यस वर्षको नीति तथा कार्यक्रमले उक्त समस्याको दीर्घकालीन र न्यायिक समाधानको मार्गचित्र कोरेको छ। 

नदी किनार तथा सार्वजनिक स्थानका जोखिमपूर्ण बस्तीहरूबाट नागरिकहरूको सुरक्षित उद्धार गरिनेछ। उद्धारपश्चात उनीहरूको संरक्षण र व्यवस्थापकीय कार्य एकल प्रयासबाट असम्भव भएकाले, यस पटक महानगरले ‘निकायगत जिम्मेवारी’ स्पष्ट तोकेर संघीय सरकारसँग साझेदारी गर्ने योजना अघि सारेको छ। यसले अधिकार र दायित्वको अन्योलता हटेर कार्ययोजना चाँडै कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ। 

‘सामूहिक आवास’ को क्रान्तिकारी अवधारणा थपिएको छ। जसअन्तर्गत शहरका विपन्न, वास्तविक रूपमा विस्थापित भएका र असहाय नागरिक तथा परिवारहरूका लागि संघ र प्रदेश सरकारसँग समन्वय गरी उपयुक्त स्थान छनोट गरी सुरक्षित सामूहिक आवास भवनहरूको निर्माण र प्रवन्ध गरिनेछ। यसले सहरी गरिबलाई आवासको मौलिक हक सुनिश्चित गर्ने पहलकदमी लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad