समाज


तीव्र गतिका २ मोटरसाइकल आपसमा ठोकिँदा २२ वर्षका युवकको मृत्यु

सशस्त्र प्रहरी जवानसहित २ जना गम्भीर घाइते
तीव्र गतिका २ मोटरसाइकल आपसमा ठोकिँदा २२ वर्षका युवकको मृत्यु

फाइल फोटो


नेपालखबर
जेठ ३१, २०८३ आइतबार १२:३३, काठमाडौँ

दोलखामा दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अरु दुई युवक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा एक जना सशस्त्र प्रहरी जवान पनि छन्। 

भिमेश्वर नगरपालिका- ५ पिपलबोट स्थित लामोसाघु- जिरी सडकखण्डमा चरिकोटबाट जिरी तर्फ जादै गरेको बा.प्र. ०२-०६२ प ८४६६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको बा.८० प ७९७३ नम्बारे मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनामध्ये एक युवकको पशुपति चौलागाई स्मृति अस्पतालमा मृत्यु भएको हो।  

मृत्यु हुनेमा बा.८० प ७९७३ नम्बरको मोटरसाइकलमा सवार दोलखाको बैतेश्वर-८ क्षेत्रपा बस्ने वर्ष २२ का रसिक श्रेष्ठ छन्।

अन्य २ जना गम्भीर घाइतेको धुलिखेल अस्पताल काभ्रेमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ। 

बैतेश्वर गाउँपालिका-२ पुतलीकाठ घर भइ १४ नम्बर गण मकवानपुरमा कार्यरत सशस्त्र प्रहरी जवान वर्ष २६ का उमेश तामाङ र दोलखाकै भिमेश्वर नगरपालिका-६ चोथाङ बस्ने वर्ष १९ को बिबेक थामीको धुलिखेलमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।

तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad