चर्चित गायक पशुपति शर्माले सिने क्षेत्रमा डेब्यु गर्ने भएका छन्। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममार्फत उनले ठूलो पर्दामा प्रवेश गर्न लागेका हुन्।
फिल्मका निर्माता रघुनाथ सापकोटाले फेसबुकमा एक तस्बिर राख्दै पशुपतिले फिल्म खेल्न लागेको जानकारी दिए। टिमले हालै गायक शर्मालाई फिल्ममा अनुबन्ध गरेका हुन्।

निर्माण टिमले फिल्मको नाम भने खुलाएको छैन। फिल्मका लेखक तथा निर्देशक अमरदीप सापकोटा हुन्।
निर्माण टिमका अनुसार फिल्म असारको दोस्रो सातादेखि छायांकनमा लैजाने तयारी छ। फिल्मका अन्य कलाकार तथा प्राविधिक टिमबारे निर्माण टिमले केही जानकारी दिएको छैन।
गायक शर्मा सामाजिकदेखि समसामयिक र राजनीतिक विषयवस्तुका सिर्जनाका कारण दर्शक स्रोतामाझ चर्चित छन्।
63
Shares

प्रतिक्रिया