कला


मोहनलाल अभिनीत ‘दृश्यम-३’ ले कति कमायो?

मोहनलाल अभिनीत ‘दृश्यम-३’ ले कति कमायो?

नेपालखबर
जेठ १७, २०८३ आइतबार १७:१८, काठमाडौँ

मोहनलाल अभिनीत भारतीय फिल्म ‘दृश्यम-३’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। यस फिल्मले विश्वभर २ सय करोड बढी भारतीय रुपैयाँ कलेक्सन गरेको हो।

फिल्मले प्रदर्शनको १० दिनमा विश्वभर २१९.६९ करोड भारतीय रुपैयाँ कमाएको छ। फिल्मले घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा लगातार राम्रो व्यापार गर्दै यस वर्षकै ठूलो मलयालम ब्लकबस्टरमध्ये एकको रूपमा आफ्नो स्थान बनाउने देखिन्छ।

ट्रेड ट्र्याकर स्याक्निल्कका अनुसार ‘दृश्यम-३’ ले शनिबार भारतमा २,५७० शोहरूमा ५.०५ करोड रुपैयाँको नेट कलेक्शन कमाएको छ। जसले यसको कुल भारतको नेट कलेक्शन ९१.३० करोड रुपैयाँ पुगेको छ। फिल्मको भारतको कुल कलेक्शन १०५.९४ करोड रुपैयाँ पुगेको छ।

विदेशमा यस क्राइम थ्रिलरले ११३.७५ करोड रुपैयाँ भारु कमाएको छ। यससँगै ‘दृश्यम-३’ ले विश्वव्यापी कमाइ २१९.६९ करोड रुपैयाँ पुगेको हो।

जीतु जोसेफद्वारा निर्देशित यस फिल्ममा मोहनलालले आफ्नो चर्चित पात्र ‘जर्जकुट्टी’ को भूमिकामा छन्।

सन् २०१३ मा रिलिज भएको ‘दृश्यम’ मलयालम फिल्मको लागि कोसेढुंगा साबित भयो। यसको दोस्रो भाग सन् २०२१ मा रिलिज भएको थियो। जुन पनि निकै हिट भयो।

यस फिल्मलाई हिन्दीमा पनि रिमेक गरिएको छ, जसमा अजय देवगन मुख्य भूमिकामा देखिँदै आएका छन्। जसले पनि दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad