गत जेठ ८ गतेबाट प्रदर्शन भएको ‘काजी’को असारे गीत सार्वजनिक गरिएको छ। ‘ज्यानको तिर्खा’ बोलको असारे भाकामा रचना रिमाल र प्रशान्त सिवाकोटीको स्वर सुन्न सकिन्छ।
यो गीत प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार भएको हो।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, सन्दीप बाबु लोहनी लगायका कलाकारलाई देख्न सकिन्छ। रोपाइँको सेटअपमा तयार पारिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘काजी’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। अभिनेता विपिन कार्की प्रचारप्रसारमा निकै लागि परेका छन्।
चलचित्र रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। रामप्रसाद रिजालको प्रस्तुतिमा निर्माण भएको सिनेमाले ग्रामीण परिवेशको भावनात्मक कथा र सम्बन्धको संवेदनशील पक्षलाई पर्दामा उतारेको निर्माण टिमको दाबी छ। फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन्।
प्रदीप भारद्वाजको कथा लेखन रहेको सिनेमाको निर्मातामा नेहान रिजाल, विकाशराज जोशी रहेका छन्।

प्रतिक्रिया